यात्रुसँग-बढी-भाडा-लिने-२३-जना-पक्राउ

७ चैत, काठमाडौं । यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा प्रहरीले काठमाडौंबाट २३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं बाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वभर महामारीको रुप लिन थालेपछि राजधानी उपत्यकाबाट सर्वसाधरण नागरिकहरु बाहिरिने क्रम बढेको छ ।

यो पनि पढ्नुहोस
घर फर्किँदै हुनुहुन्छ ?

 » पुरा समाचार पढ्नुहोस