यो-अवधि-लम्बिन-पनि-सक्छ,-संयम-बसौं-:-मुख्यमन्त्री-पोखरेल

१२ चैत, बुटवल । प्रदेश ५ का मुुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसविरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

बुुधबार मुुख्यमन्त्री कार्यालयबाट प्रदेशबासीलाई सन्देश दिदै उनले भने ‘कोरोनाविरुद्धको साझा लडाईलाई सबैले साथ दिऔं, यो अवधि (लकडाउन) लम्बिन पनि सक्छ ।’

मुख्यमन्त्री पोखरेलले सबै नागरिकले सरकारको निर्देशन पालना गरेर साथ दिएमा मात्र कोरोनाविरुद्धको लडाई जितिने बताए । उनले लकडाउनको अवस्थामा पनि जनतालाई भोकै मर्न नदिने प्रतिवद्धता जनाए ।

‘लकडाउनका सबै सेवा बन्द हुुदैनन् । खाद्यान्न स्वास्थ्य सेवा सुुरक्षासम्बन्धी सेवा जारी रहन्छन् त्यसैले सबै नागरिकले आफ्नै सुुरक्षाका लागि घरबाहिर ननिस्कनुुहोस्’ मुख्यमन्त्री पोखरेलले भने ।

बाहिरका मानिसहरुको आवतजावत रोक्न सके कोरोनाविरुद्धको लडाईं जितिने भन्दै मुख्यमन्त्री पोखरेलले संयम र आत्मविश्वासले लडाईं जितिने बताए ।

संक्रमित व्यक्तिलाई गाउँ र बस्तीमा जान नदिन सजकता आवश्यक रहेको बताउँदै उनले सरकारी आदेश पालना गर्न सबै नागरिक सचेत हुनुपर्ने बताए ।

कोरोना संक्रमितको उपचारका लागि प्रदेशमा चारवटा विशेष अस्पताल तयार रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

रुपन्देहीको बुुटवल धागो कारखानामा स्थापित अस्थायी कोरोना विशेष अस्पताल,

 » पुरा समाचार पढ्नुहोस

>