१-लाख-१४-हजार-विपन्न-परिवारमा-पुग्यो-राहत

२५ चैत, काठमाडौं । सरकारले लकडाउनका कारण गुजारा गर्न धौधौ भएका १ लाख १४ हजारभन्दा बढी विपन्न घर परिवारलाई राहत वितरण गरेको छ । मंगलबार दिउँसो २ बजेसम्म संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयमा विभिन्न स्थानीय तहले पठाएको विवरणअनुसार १ लाख १४ हजार ३ सय १६ परिवारले राहत बुझिसकेका छन् ।

सरकारले अघिल्लो आइतबार कोरोना प्रभावित विभिन्न क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरेको थियो । प्रतिकूल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई दैनिक जीवनयापनका लागि स्थानीय तहबाट राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो ।

यो निर्णयको कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ‘राहतसम्बन्धी मापदण्ड’ को मस्यौदा बनायो । मापदण्डअनुसार असंगठित क्षेत्रका श्रमिक भन्नाले दैनिक रूपमा कामकाज गरी पटके वा दैनिक ज्याला आम्दानी गर्ने श्रमिक,

 » पुरा समाचार पढ्नुहोस

>