६-महिनाभित्र-दक्षिण-एसियामा-१२-लाख-बालबालिकाको-मृत्यु-हुन-सक्छ-:-युनिसेफ

१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दक्षिण एसियामा आगामी ६ महिनामा दैनिक दुई हजार चार सय बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफले चेतावनी दिएको छ ।

युनिसेफले यो आकलन जोन्स हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताको विश्लेषणको आधारमा तयार पारेको हो । युनिसेफका अनुसार महामारीको कारण स्वास्थ्य कमजोर हुँदै जाने हो भने सबैभन्दा खराब अवस्थामा कम र मध्यमस्तरको प्रतिव्यक्ति आय भएका मुलुकमा ५ वर्षमुनिका १२ लाख बालबालिकाको ६ महिनाभित्र मृत्यु हुन सक्छ ।

महामारीको कारण पछिल्लो समय बालबालिकाको लागि नियमित स्वास्थ्य सेवा कार्यक्रम प्रभावित बनेका छन् । साथै उनीहरुले पौष्टिक आहार पनि पाउन सकेका छैनन् ।

अनुसन्धानकर्ताहरुका अनुसार आगामी ६ महिनामा भारतमा मात्र तीन लाख बालिबालिकाको मृत्यु हुनेछ,

 » पुरा समाचार पढ्नुहोस

>