विश्व-भर्चुअल-पुम्सेमा-नेपालका-लक्ष्मण-ऐरले-जिते-स्वर्ण-पदक

२३ जेठ काठमाडौं । नेपालका लक्ष्मण ऐरले विश्व भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा ४ जुनदेखि सुरु भएको च्याम्पियनसिप लक्ष्मणले ५० वर्षमुनिको समूहमा पहिलो हुँदै स्वर्ण जितेका हुन ।

लक्ष्मणले ६.७३ अंक स्को गर्दै प्रतिस्पर्धीलाई पछि पारेका हुन् । यसअघि युरोपियन र वर्ल्ड च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका लक्ष्मणको यो पहिलो भर्चुअल पुम्से पदक हो ।

यसपटक अघिल्ला दुई च्याम्पियनसिपभन्दा फरक थियो । यो च्याम्पियनसिपमा जुममार्फत प्रत्यक्ष पुम्से प्रदर्शन गर्नुपर्ने थियो । ‘यसअघि हामीले भिडियो बनाएर युट्युब भिडियो लिंक पठाएर प्रतिस्पर्धा गरेका थियौँ । यो पटक सिधै जुममार्फत लाइभ प्रस्ति दिनुपर्ने थियो,’ लक्ष्मणले अनलाइनखबरसँग भने,

 » पुरा समाचार पढ्नुहोस

>