कोरोना-बिमा-भइसकेकाको-कम्पनीले-‘रिस्क’-बोक्ने

२३ जेठ, काठमाडौं । कोरोना बिमा आज शुक्रबारबाट स्थगित भएको छ । बिमा कम्पनीहरुको आग्रहपछि नियामक निकाय बिमा समितिले स्थगन गर्न सहमति जनाएको हो ।

संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन् ।

निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले आजदेखि पोलिसी नै स्थगन भएको जानकारी दिए । पोलिसी स्थगित भए पनि यस अघि बिमा भइसकेकाहरुको भने जोखिम वहन कम्पनीहरुले गर्ने उनले बताए ।

कोरोना बिमा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नै समावेश कार्यक्रम हो । सरकारले ल्याएको बजेट कार्यान्वयनमा नै चुनौती दिदै कम्पनीहरुले पोलिसी नै बन्द गरेका छन् ।

यो पनि पढ्नुहोस
बजेटमै समेटिएको ‘कोरोना बिमा’ याेजना बन्द

नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा कम्पनीहरूले कोभिड–१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन् ।

जसबापत १६ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको महासचिव क्षेत्रीले बताए । हालसम्म बिमा दाबी भने कसैको पनि परेको छैन । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि,

 » पुरा समाचार पढ्नुहोस

>