कता-हरायो-प्रयोगशाला-स्थापना-गर्ने-सुदूरपश्चिम-प्रदेश-सरकारको-निर्णय-?

२५ जेठ, डोटी । गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका धनगढी, बैतडी र डोटीमा कोरोनाको परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गर्यो ।

प्रदेश सरकारको उक्त निर्णयको सामाजिक सञ्जाल र समाचारहरूमा प्रशंसा भयो । एउटा पनि प्रयोगशाला नभएको प्रदेशमा तीन/तीन ठाउँमा प्रयोगशाला स्थापना हुने भनेपछि प्रदेशवासीमा पनि खुसी छायो ।

धनगढीमा प्रयोगशाला स्थापना गर्ने भनी संघीय सरकारले यसअघि नै निर्णय गरिसकेको थियो । चैत्र १६ गते तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले धनगढीमा प्रयोगशाला स्थापना गर्नका लागि उपकरण आइसकेको र कर्मचारीहरू समेत खटाइसकिएको जानकारी दिएका थिए ।

सोहीअनुसार चैत्र २० गते धनगढीमा आरटी पीसीआर परीक्षण प्रयोगशाला सुरु भयो । चीनबाट ल्याइएको मेसिनले सुरु गरिएको उक्त प्रयोगशालामा दैनिक आठ जनाको मात्रै परीक्षण हुन थालेपछि चैत्र २६ गते केन्द्रीय पशु प्रयोगशालाको उपकरण ल्याई परीक्षण सुरु गरिएको छ । हाल धनगढी प्रयोगशालामा दैनिक अढाई सयको स्वाब परीक्षण भइरहेको सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले जानकारी दिए ।

तर प्रदेशले गरेको प्रयोगशाला स्थापना गर्ने निर्णय दुई महिना १० दिन कट्दासम्म कार्यान्वयनमा आएन । प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न वैशाख पहिलो साता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भाइरोलोजिस्ट डा.

 » पुरा समाचार पढ्नुहोस

>