अधुरा-आयोजनालाई-बेवास्ता,-आगामी-वर्षलाई-जगेडामा-फेरि-१०-अर्ब

७ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष (आव) २०७६/७७ लाई ‘अधुरा आयोजना सम्पन्न गर्ने वर्ष’का रुपमा घोषणा गरेका थिए । सोहीअनुसार सरकारले नीति तथा कार्यक्रम र बजेट समेत ल्याएर कार्यान्वयन थाल्यो । तर, आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा अधुरा आयोजना त परै जाओस, अनिवार्य दायित्वको भुक्तानीमा समेत सरकारले समस्या आएको  बताइरहेको छ ।

अधुरा आयोजना यसै वर्ष टुंग्याउने सरकारको योजना असफल भएपछि आगामी वर्ष पनि चालु आवकै लक्ष्य दोहोर्‍याइएको छ ।

चालु आवमा सरकारले अधुरा आयोजनालाई १० अर्ब रुपैयाँ विनियोजन गरेको थियो । त्यो रकम मध्ये चालु आवको अन्तिमसम्म मात्र २ अर्ब ३६ करोड रुपैयाँ खर्च हुने संश्ाोधित अनुमान छ । सरकारले आगामी आव २०७७/७८ मा अधुरा आयोजना कार्यान्वयन कार्यक्रमकै लागि पुनः १० अर्ब रुपैयाँ विनियोजन गरी विविध शीर्षकमा राखेको छ ।

यो रकम अधुरा आयोजनामा बजेट अपुग भएमा खर्च उपलब्ध गराउने उद्देश्यले राखिएको हो । अर्थ मन्त्रालयले हरेक वर्ष भैपरी आउने विभिन्न कार्यक्रमका लागि जगेडामा केही रकम छुट्याएर राख्ने गर्छ ।

यसअन्तर्गत भैपरी आउने विकास कार्यक्रम,

 » पुरा समाचार पढ्नुहोस