पाल्पामा-एकैदिन-थपिए-८२-जना-कोरोना-संक्रमित

८ असार, बुटवल । पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताए ।

१३९ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ८० जनामा पोजेटिभ देखिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । २८३ जनाको स्वाब संकलन गरी पठाइएकोमा १४४ जनाको रिपोर्ट आउन बाँकी छ ।

संक्रमित पुष्टि भएका सबै जना तीन हप्ताअघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको गणपति,

 » पुरा समाचार पढ्नुहोस

>