बालुवाटारभित्रै-मागियो-प्रधानमन्त्रीको-राजीनामा,-प्रचण्डभन्दा-पूर्वएमाले-कडा

१६ असार, काठमाडौं । भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा संकटमा परेका छन् ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न मात्र उठाएनन्, ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन मागसमेत गरे ।

प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा नयाँ नक्सा छापेका कारण भारतले आफूलाई हटाउन खोजेको दाबी गरेका थिए । त्यसमा नेपालकै नेताहरु लागेको भए पनि त्यो सफल नहुने उनले बताएका थिए ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ओलीको यही अभिव्यक्तिमा केन्द्रित भयो ।

सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि परिस्थिति बदलिएको बताए । मदन भण्डारी जयन्तीको दिन अर्का अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको उनले बताए । ओलीको अभिव्यक्तिले नेपालले अझै आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश दिएको मात्र होइन,

 » पुरा समाचार पढ्नुहोस

>