तरकारीले-जोगायो-साना-व्यापारी

२८ भदौ, काठमाडौं । ‘ए कार्तिक खै ४० रुपैयाँ फिर्ता दे’ शिवकुमार ठाकुरले सय रुपैयाँको नोट दिँदै छोरालाई भने ।

ठाकुरले कुपण्डोलमा पान पसल चलाएको धेरै भयो तर अहिले उनी तरकारी बेचिरहेका छन् । उनी ग्राहकलाई तरकारी जोखेर दिन्छन्, छोरा काउन्टरमा बस्छन् ।

कार्तिक ‘लिनुस् अंकल’ भन्दै ४० रुपैयाँको नोट ग्राहकलाई थमाइदिन्छन् । ग्राहक आधा किलो तितेकरेला बोकेर बाटो लाग्छन् । हिजोआज ठाकुर बाउछोराको दैनिकी यसैगरी चलिरहेको छ । पान पसलको व्यापार ठप्प छ । सरकारले ४ महिना लामो लकडाउन र त्यसपछि निषेधाज्ञा जारी गर्‍यो । ६ महिना बन्दाबन्दी हुँदा पाँचजनाको ठाकुर परिवारलाई निकै तनाव भयो ।

भएको पसल खोल्न नपाउँदा निकै तनाव भयो,

 » पुरा समाचार पढ्नुहोस

>