प्रहरीमा-व्यक्तिगत-स्वार्थका-लागि-शक्ति-केन्द्रबाट-दबाब-दिन-नपाइने

३० भदौ, काठमाडौं । नेपाल प्रहरीका कुनै पनि अधिकारीले आफ्नो व्यक्तिगत फाइदाका लागि शक्ति केन्द्रमा लबिङ गर्न नपाउने गरी आचारसंहिता जारी भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठनका आन्तरिक विषयमा व्यक्तिगत फाइदा वा बेफाइदा हुने गरी लबिङ गर्न नपाउने गरी आचारसंहिता सम्बन्धी कार्यादेश, २०७७ जारी गरेका हुन् ।

महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार आचारसंहितामा संगठनको नियमित प्रक्रियामा असर पुर्‍याउने गरी कोही कसैलाई दबाब दिन वा प्रभावित गर्न निषेध गरिएको छ । कुटनीतिक व्यक्तिसँग भेटघाट गरेर भनसुन गर्न लगाउन पनि रोक लगाइएको छ ।

कुनै तेस्रो व्यक्तिमार्फत प्रभाव विस्तार गर्ने उद्देश्य वा फाइदाका लागि कुनै विदेशी नागरिकसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्न पनि निषेध गरिएको छ ।

प्रहरीका हरेक जसो सरुवा,

 » पुरा समाचार पढ्नुहोस

>