एकपटक-अनुहार-हेर्न-पाए-नि-हुन्थ्यो-!

९ असोज, काठमाडौं । बुधबार अपरान्ह झमझम पानी परिरहेको थियो, तर पशुपतिको विद्युतीय शव दाहगृहको जम्मा भएका केहीलाई झरीको कुनै परवाह थिएन ।

केहीले रेनकोट लगाएका थिए, कोही छाताको ओतमा थिए । केही निथ्रुक्क भिजेर पनि उभिरहेका थिए ।

बन्द गेटको बाहिर उभिरहेका उनीहरु बेलाबेला आँखा तन्काउँदै भित्र चिहाएर हेर्थे । तर सैनिक अधिकारीहरु उनीहरुलाई भित्र प्रवेश गर्न रोकिरहेका थिए ।

त्यहीबेला शव बाहन आइपुग्यो । पीपीई सेट लगाएर शव व्यवस्थापनमा खटिएको नेपाली सेनाको टोलीले सेतो प्लास्टिकमा प्याक गरिएको शव गाडीबाट निकाल्यो ।

‘फुल त चढाउन पाइन्छ होला नि !’,

 » पुरा समाचार पढ्नुहोस