नोबेलको-बद्मासी-:-कोरोना-पुष्टिपछि-अन्यत्र-लैजान-दबाब

१ कात्तिक, विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरले उपचारत विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्यत्र लैजान दबाब दिएको पाइएको छ ।

बिर्तामोड, झापा घर भएकी ७७ वर्षीया नरमाया खरेललाई श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार नोबेलमा भर्ना गरिएको थियो । शुक्रबार बेलुका करिब ५ बजेतिर उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आयो ।

उपचारका क्रममा कोरोना संक्रमण देखिए सम्बन्धित अस्पतालले नै उपचारको व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले प्रोटोकल बनाएको छ । तर नोबेलले नरमायालाई अन्यत्र लैजान दबाव दिएको पाइएको छ ।

पोजेटिभ रिपोर्ट आएपछि अस्पतालले अन्यत्र लैजान दबाव दिएका कारण मध्यरातमा विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको छोरा नविन खरेलले बताए । ‘अस्पतालबाट लैजानु भनेपछि अरु अस्पतालमा आईसीयू बेड भेटिएन्’ उनले भने,

 » पुरा समाचार पढ्नुहोस