‘समृद्धिका-आधार’-खोज्न-हिँड्दा-ऋणमा-चुर्लुम्म-!

१ कात्तिक, काठमाडौं । नेपाली कृषि–पर्यटनको सम्भावना बुझ्न ७ वर्ष, ९ महिना, १९ दिन लगाएर देशका ७७ वटै जिल्ला भ्रमण गरेका जीवनप्रसाद राईले निचोडका रूपमा ‘समृद्धिका आधार’ नामक पुस्तक लेखे । २०६७ माघ १२ गतेदेखि २०७४ मंसिर ५ सम्म देशको कुनाकाप्चा घुम्दा देखेका प्राकृतिक स्रोत, कृषि र पर्यटनको अवस्था र भेटेका किसानहरूको वयानबाट आफूले नेपालको हरेक ठाउँ सम्भावनायुक्त पाएको उनले पुस्तकमा उल्लेख गरेका छन् ।

पुस्तकको नाम सुन्दा नेपाल समृद्ध बनाउने आधार के के हुन् भन्ने विषयमा लेखिएकोजस्तो लागे पनि उनले कृषि र कृषि-पर्यटनलाई समृद्धिको आधार भनेका छन् र पुस्तक यसैको सेरोफेरोमा छ ।

यो मूलतः यात्रा विवरण भएको हुनाले राईले ७७ जिल्लाको आफू पुगेको ठाउँ,

 » पुरा समाचार पढ्नुहोस