ओमानको-क्लिनस्वीप, नेपालको-मिश्रित-नतिजा, अमेरिका-निराश

२९ माघ, काठमाडौं । ओमान ४-०, नेपाल २-२, अमेरिका ०-४ । नेपालमा भएको आइसीसी क्रिकेट विश्वकप लिग २ सिरिजमा सहभागी ३ टोलीको जित हार हो यो ।

घरेलु टोली नेपालको लागि मिश्रित रहेको सिरिजमा ओमानले सबै चार खेल जितेर क्लिन स्वीप नै गर्‍यो । अमेरिकाले भने सबै चार खेल हार्‍यो । २०१९ अगष्टबाट शुरु भएको आइसीसीको यो नयाँ क्रिकेट साइकलमा कुनै पनि सिरिजमा अपराजित रहने ओमान पहिलो टिम बन्यो ।

ओमानले नेपाल र अमेरिका विरुद्ध खेलेको २-२ खेल नै जित्यो । नेपालले अमेरिकालाई दुई खेलमा हरायो । नेपाल आउनुअघि अमेरिका ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा थियो भने ६ खेलबाट ८ अंक जोडेको ओमान चौथो स्थानमा थियो । लगातार चार खेल जितेपछि १० खेलबाट १६ अंक जोडेर ओमान शीर्ष स्थानमा उक्लियो भने अमेरिका १२ खेलबाट १२ अंकसहित दोस्रो स्थानमै रह्यो ।

यसै सिरिजबाट लिग २ मा डेब्यु गरेको नेपालले शुरुवाती ४ खेलबाट ४ अंक जोड्यो । ७ राष्ट्र सहभागि यस लिगमा नेपाल छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेल खेलिसक्दा अंकविहीन हुँदै अन्तिम स्थानमा छ ।

…….

 » पुरा समाचार पढ्नुहोस

>