संसदीय-समितिमा-थरिथरिका-उजुरी-:-सुत्केरी-भत्ता-माग्ने-पनि-भेटिए-!

१ फागुन, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको सांसदहरुले विभिन्नखाले बिजनेस पाएका छन् । समितिमा सुत्केरी भत्ता माग्नेदेखि शान्ति सुरक्षा माग्नेसम्ममा निवेदनहरुको ओइरो लागेपछि कार्यदल नै बनाएर माननीयहरुले उजुरीमाथि अध्ययन गरेका छन् ।

समितिमा परेका ५० वटा उजुरीमाथि छलफल गर्न कार्यदल बनाइएको हो ।समितिमा आएका उजुरीलाई संकलन गरी सुझाव दिने कार्यादेशसहित गठन भएको समिति अन्तर्गतको तीन सदस्यीय कार्यदलले बिहीबार उजुरीमाथिको सुझावपत्र समितिमा पेश गरेको छ ।

कार्यदलमा नेकपाका सांसद रेखा शर्मा नवराज सिलवाल र कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू थिए । कार्यदलको सुझावमाथि शुक्रबारदेखि मूल समितिमा छलफलल सुरु हुने समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

खालखालका उजुरी !

 » पुरा समाचार पढ्नुहोस

>