सिटिजन एड्भाइस ब्युरो भनेको के हो?

What is Citizen Advice Bureau

सिटिजन एड्भाइस ब्युरो (Citizen Advice Bureau) भनेको के हो र यसले के गर्छ?

यूकेभरिमा ७०० वटा स्वतन्त्र सिटिजन एड्भाइस ब्युरो (Citizen Advice Bureau) छन् (जो National Association of Citizens Advice Bureaux (NACAB) को सदस्य हुन्) र आफ्नो करीब १ हजार केन्द्रहरुबाट स्थानीय समुदायको बिभिन्न समस्याहरुलार्इ आफूसँग भएको श्रोतमार्फत् सम्बोधन गर्दछ । सिटिजन एड्भाइस ब्युरो (Citizen Advice Bureau) ले जनतालार्इ उनीहरुको समस्याबाट उन्मुक्त हुन निःशुल्क, गोप्य र स्वतन्त्र सल्लाह दिन्छ । साथै विविधता, उच्च समनतालार्इ महत्व र मूल्य अनि विभेदलाइ चुनौती दिने मान्यता राख्दछ ।

सिटिजन एड्भाइस ब्युरो (Citizen Advice Bureau) ले निम्न विषयहरुमा सल्लाह दिने गर्दछ:

- रोजगार
- आवास
- अध्यागमन र राष्ट्रियता
- उपभोक्ता / ऋण
- परिवार व्यवस्था (Family Law)
- लाभ न्यायाधीकरण (Benefits Tribunal)
- बेनेफिट्स Benefits
- अदालत
- बाल समर्थन न्यायाधीकरण (Child Support Tribunal)

सिटिजन एड्भाइस ब्युरोको वेबसाइट ठेगाना :
https://www.citizensadvice.org.uk/

*

Post a Comment (0)
Previous Post Next Post