अभिनेत्री शिल्पा पोखरेल चलचित्र 'हामी शरणार्थी' मा

Nepali movie Hami Saranarthi

अभिनेत्री शिल्पा पोखरेलको शीर्ष भूमिका रहेको चलचित्र 'हामी शरणार्थी' आगामी अगस्त २४ तारिखबाट सम्पूर्ण नेपालभरि रिलिज हुने भएको छ । दुई सन्तानकी आमा बनेकी शिल्पाले फिल्ममा भुटानबाट लखेटिएर नेपाल आई शरण लिएर बसेका शरणार्थीहरुको प्रतिनिधित्व गरेकी छिन् ।

'केरुङ् फिल्मस' को व्यानरमा निर्माण गरिएको चलचित्र 'हामी शरणार्थी' तीज चाडलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको हो । चलचित्रका निर्देशक विजय लिम्बू केरुङले चलचित्रले भुटानी शरणार्थीले पाएको दुःख र कष्टलाई प्रस्तुत गरेको बताए ।

चलचित्र 'हामी शरणार्थी' मा अभिनेत्री शिल्पा पोखरेलले दुई सन्तानकी आमाको भूमिकामा अभिनय गरेकी छिन् । उनीसँगै जीवन भट्टराई, प्रतिमा रसाइली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङलगायतको अभिनय छ ।

अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता छन् । चलचित्रमा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बूको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ । चलचित्र 'हामी शरणार्थी' को वितरक आरआर फिल्मस् हो ।

*

Post a Comment (0)
Previous Post Next Post