यूकेमा पहिलो पटक घर किन्नेलाइ सल्लाह

First time home buyer guide UK

First Time Home Buyer Guide - के मैले मोर्गेज पाउँछु?

राम्रो प्रश्र्न, यदि तपाइलाई तिर्नु पर्ने कुनै बिल अथवा भुक्तानिहरु नियमित तिर्नुहुन्छ र छुटाउनु भएको छैन भने अनि तपाइको आय (Income) प्रयाप्त छ भने तपाइले प्राय: कर्जादाताहरुबाट मोर्गेज पाउन योग्य हुनुहुन्छ । तर पनि प्रत्येक निबेदन व्यक्तिगत योग्यतामा निर्भर हुने गर्दछ । यी सबै रोजगार अवस्था, आर्थिका क्षमता (Affordability), उमेर, क्रेडिट स्कोर (Credit Score) अनि घरको प्रकार (Property Type) आदि इत्यादिमा पनि निर्भर हुन्छ । क्रेडिट स्कोर आजभोलि निकै जटिल हुँदैछ । त्यसैले ठ्याक्कै कति स्कोर हुन्छ भनेर भन्न पनि असम्भव जस्तो नै हुन्छ ।

तर पनि खुशीको खबर के भने, सबै कर्जादाताहरु फरक फरक छन् । यदि तपाइको मोर्गेजको निबेदन एक ठाउँमा अस्वीकार भयो भन्दैमा अर्को कर्जादाताले मोर्गेज दिंदैन भन्ने हुँदैन । केही कर्जादातहरु आश्चर्यजनक रुपमै लचिलो हुन्छन्, कोहीको त क्रेडिट स्कोर नै हेर्दैनन् । प्राय: सबैले निरन्तर क्रेडिट स्कोरिङ प्रणालि (Credit Score System) मा परिवर्तन ल्याउदैछन्, अहिले योग्य हुन कठिन बनाउँछन् भने फेरि कहिले सजिलो पनि बनाउँछन्, सामन्यतय: उनीहरुले त्यो समयमा कति पैसा उधारो दिने हो त्यसमा पनि भर पर्दछ । यदि तपाइ मोर्गेजको लागि संघर्ष गर्दै हुनुहुन्छ भने, मोर्गेज सल्लाहकारसँग समय लिएर वर्तमान बजार मापदण्डको आधारमा के गर्न सकिन्छ भन्ने सल्लाह लिन सक्नुहुन्छ ।

*

Post a Comment (0)
Previous Post Next Post