के हो क्यान्सर?

Say NO to smoking

शरीरमा कोषिकाहरूको समूह (टिस्यु) को अनियन्त्रित वृद्धि वा विघटनलाई क्यान्सर भनिन्छ । यी कोषिकाहरूले टिस्यु प्रभावित भएपछि क्यान्सरको यो अवस्था शरीरको अन्य हिस्सामा फैलिन्छ । क्यान्सर कुनै पनि उमेरका मानिसलाई हुनसक्छ । तर समयमै क्यान्सर चिन्हित भएन र उपचार हुन सकेन भने पछि परिपक्व भइसकेपछि यस रोगबाट मानिसको ज्यान बचाउनसकिने आशा अत्यन्तै कम हुन्छ वा प्रायः हुँदैन । क्यान्सरको प्रकार अनेक छ भने एकसयभन्दा धेरै रूप छ । क्यान्सरको प्रकारहरूमा प्रमुख स्तन, सर्भाइकल, ब्रेन, बोन, ब्लड, पेनक्रियाटिक, प्रोस्टेट, गर्भाशय, मिर्गौला, फोक्सो, छाला, पेट, थाइरड, मुख, घाँटी, गला आदिको क्यान्सर ।


गर्ने:

नियमित व्यायाम, शरिरको तौल नियन्त्रित राख्ने, पौष्टिक आहार सेवन गर्ने, पूरा निद्रा र यथा समयमा सुत्ने-उठ्ने, शारीरिक सरसफाइमा ध्यान दिने, तनावमुक्त रहने, महिलाले स्तनपान गराउने, नियमित स्वास्थ्य जाँच गर्ने ।


नगर्ने:

धूमपान, सूर्तिजन्य पदार्थको सेवन, मदमदिराको सेवन, ओजन बढ़ाउने खाले वा चिल्लो, बोसोयुक्त अनि फास्ट फूडका खानाहरूको सेवन, (महिलाले - ढिलो वा कम उमेरमा सन्तान प्रजनन्, अधिक सन्तान प्रजनन् अनि दुर्इ सन्तानमाझ अति थोरै अवधि), तनाव वा चिन्ता, आलस्यता, लक्षणहरूमा अदेखा (लापरवाही), अव्यवस्थित जीवनशैली आदि नगर्ने ।

*

Post a Comment (0)
Previous Post Next Post