चकलेट, फलफूल जत्तिकै लाभदायक

Dark Chocolate is beneficial

खुशीको कुरा, मीठो गुलियो मनपराउनेहरुले गाढा चकलेट दुई टुक्रा टोकेर खाए एक गिलासभरिको फलफूलको रस सेवन गरेजत्तिकै फायदा हुने कुरा प्रकाशमा आएको छ ।

एउटा ठूलो चकलेट उत्पादन गर्ने कम्पनीले हालै अनुसन्धानबाट प्राप्त जानकारीको आधारमा कोको र गाढा चकलेटको प्रत्येक ग्राममा स्वास्थ्यवर्धक परिमाण फलफूलको रसमा भन्दा बढी अनुपातमा प्राप्त गर्ने दावी गरेको छ । अनुसन्धानले कोका पाउडर र गाढा चकलेटमा अरु फलफूलका रसहरुमा भन्दा क्यान्सर परास्त गर्ने एन्टिअक्सिडेन्ट बढी रहेको उल्लेख गरेको छ । यस अनुसन्धानका प्रमुख लेखक, पेन्सिलभिनियाको हार्शी सेन्टर फर हेल्थ एण्ड नट्रिशनका डाक्टर डेबरा मिल्लरले 'अरु फलफूलका रसहरु र कोको तथा गाढा चकलेटहरुलाई परिक्षण गरेपछि शुद्ध कोको पाउडर र गाढा चकलेटमा बढी मात्रमा पूर्णतया पौष्टिक अनुपात फलफूलका रसहरुमा भन्दा बढी भेटिएको छ' भनेर लेखेका छन् ।

गाढा चकलेट दुई टुक्रा टोकेर खाए एक गिलासभरिको फलफूलको रस सेवन गरेजत्तिकै फायदा हुने कुरा प्रकाशमा आएको छ ।

तुलनात्मक परिक्षणका लागि गाढा चकलेट, कोको पाउडर, मिलावट गरेको तातो चकलेट र मिश्रित फलफूलका रसहरु परिक्षण गरेका थिए । अनुसन्धानले प्राप्त प्रतिवेदनमा मुटुको बीमारी र क्यान्सर रोग लाग्नुबाट रोक्नु र यसका सेलहरु निस्क्रिय पार्ने एन्टिअक्सिडेन्ट कोको पाउडर र गाढा चकलेटमा प्राप्त गरेको कुरा विश्वास गरिएको छ । हेल्थ एण्ड नट्रिशनकी टीभी कन्सलट्यान्ट डाक्टर करिना नरिसले यस अनुसन्धानलाई समर्थन गरेकी छिन् । तर, यो स्वास्थ्यको लागि लाभदायक भए पनि यसमा प्रचुर मात्रामा बोसो (तेल) र चिनीको मात्र हुने गरेकोले कतिपय अवस्थामा नकारात्मक असर पार्न सक्ने कुरा पनि प्रकाश पारेकी छिन् ।

*

Post a Comment (0)
Previous Post Next Post