साम्प्रदायिक खेलमा राष्ट्रिय अखण्डता

Nepal Terai Movment

आगो बलिरहेको छ तराईतिर र त्यसको रापले संसारभरिका नेपालीको हृदय पोलिरहेको छ । जुनसुकै कुनामा रहेका भए पनि नेपाली हुनुको तार्त्पर्यता यसरी खुल्छ । कति मुस्किलले देश शान्तितिर उन्मुख हुँदै थियो तर अशान्त रहनु त नेपालको नियति रहेको छ सायद । अहिले तराईका जिल्लाहरू, त्यही अशान्ति फैलाउने आगोले डढ्दै छ । हरेक जातजातिलाई हेरिने हेराइमा असमानता भने पक्कै रहेको थियो विगतमा र त्यस अर्थमा तर्राईबासीहरूले पक्कै पनि प्रशस्तै हेय हुनुपरेको हो । तर, यसमा तराईबासीकै ज्यादा द्वैध आचरणका कारक कारणहरू छन्, अर्को अर्थमा... 'ताक परे तिवारी, न परे गोतामे' प्रवृत्ति बोक्ने तराईबासीहरू आफूहरूलाई समूल नेपाली बनाउन सकेनन् भन्नु हेपेर भनिएको होइन, विचार सम्प्रेषण गरेको हो यो, जुन केही हदसम्मका अनुभवहरू र समाचारहरूले प्रायोजन गरेको छ ।

'उदीतनारायणजस्ता प्रकृति' बोक्ने हजारौं राईबासीलाई '...भारतमा के हुँदैछ?', '...को राजनीतिमा अगाडि छ?', '...कुन पार्टीको ज्यादा शक्ति छ?' आदि इत्यादिसहित '...जन गण मन' कण्ठस्त हुन्छ, किनकि ज्यादाजसो उतै पढ्ने गर्दछन् । नेपालको बारेमा नगण्य जानकारी राख्नेहरूमा अब त्यही अर्थमा उनीहरूमा 'राष्ट्रियता' खोजे औधो मुख गिर्नुपर्छ । गोइत आफूलाई भारतीय भनाउँछन् र भारतीय सङ्घसंस्थाहरूसँग सम्बद्ध पनि छन्, ज्वालाको त झन् कुरा गर्नुपर्दैन । विगतमा सिर्फ हत्यारा मानिएका हुन् उनी कानुनको सीधा नजरमा । साधारण व्यापार व्यवसायमा लाग्ने करहरू र नेपाली पारस्परिक दरहरूबाहेक अन्य राजनीति टाढाको अनि वाहियात ठान्नेहरू एक्कासि भागवण्डामा उत्रिएका छन् ।

खुल्ला सीमाका कारण र समान प्रकृतिका कारण तराईबासीहरूको झुकाउ भारततिर बढी हुने कुरालाई जो कोही, केही दिनकै तराई-बसाइँ गर्नेलाई सजिलै थाहा हुन्छ । अब यी व्यक्तिहरूबाट हाँकिएको यस प्रकारको दङ्गा राष्ट्रवादीहरूको ‘राष्ट्रभित्रकै लडाइँ हो’ भन्न सकिँदैन । ‘देशको अखण्डता’सँग गाँसिएको यो सङ्कटलाई ‘राष्ट्रिय सुरक्षा’को कसीबाट सरकारले हेर्नुपर्दछ ।

जो नेपालमा 'नेपाल' बनेर रहेका हुन्छन् र जो नेपालको 'आकार' अनुहारभरि बोकेर विदेशमा 'परदेश' भोगिरहेका हुन्छन्, का मनभरि खेल्ने नेपालीत्वको समान तुलनात्मक भावको आँकडा हुँदैन । भन्न यहाँ यो खोजिएको होइन कि नेपालको माया परदेशिएका नेपालीहरूका मनमा स्वदेशमा रहनेहरूका मनमा भन्दा ज्यादा हुन्छ । मायाको परिमाणको अर्थ छैन, परिणामको महत्व खोज्नुपर्ने हुन्छ । देशमा अवसरहरू बढाएर नेपालीहरूलाई एकत्रित गर्नेतर्फ नलागेर छरिएका नेपालीहरूले विदेशमा नेपालको संस्कृति बचाएको, बाँचेको आदि इत्यादिका समाचारहरूमा विदसिएकाहरूका आस्थालाई 'विज्ञापन' गरिएको हुन्छ । तर उता नेपालमा भने 'देश टुक्र्याउने खेल' भइरहेको छ ।

सानो आकारमा यसरी यहाँ पनि नेपाली भनिएर बसेकाहरूबीच बिस्तारै वर्गीकृत नेपालीहरूको झुण्ड तयार हुँदै गएको छ । राई, लिम्बू, गुरुङ, मगर, नेवार तथा क्षेत्री-बाहुनहरू नेपाली तर बेग्लाबेग्लै नेपालीहरू हुन् भन्नुपर्ने दिन आउँदै छ भने, उता नेपालमा अब एउटा नेपाली जातिलाई चोट परेर आर्तनाद गरे अन्य नेपाली जातिहरू तमासा हेर्ने दिन चाँडै आउनेमा आशावादी हुन सकिन्छ र त्यसको प्रत्यक्ष फाइदा भारतले उठाउन सक्छ, अमेरिकाले उठाउन सक्छ वा अन्यले उठाउन सक्छ ।

अतीत वा इतिहासलाई नै समातेर वर्तमान बाँच्न सकिँदैन तर अतीतमा गरिएका गल्तीहरूलाई भने वर्तमान अनि भविष्यमा नदोहोर्‍याउन वा सच्याउन सकिन्छ । अतीतमा गरिएका वा मानवीय गल्तीहरूमा सामूहिक अनि दूरदृष्टिगत फाइदा पनि हुनसक्छन्, एउटै निर्णयले सयौँ विविध मनलाई एकैपल्ट सम्बोधन गर्न सकिँदैन, अथवा अति नै गाह्रो हुन सक्छ, समयको अभाव हुने कतिपय समयहरूमा यस्ता निर्णय धेरैका लागि सही तर कम्तीका लागि गलत लाग्ने भए पनि गर्नुपर्ने हुन्छ । यो सोच किन सोचिएन? यसरी आज एकत्रित नेपालको नागरिक भएका हौँ । पक्कै पनि ज्यादति तथा अमानवीय कार्यहरू, राज्य जित्ने प्रखर भएका हुन सक्छन् तर त्यो लडाइँ थियो, र त्यस समय त्यस प्रकारको व्यवहार समयसापेक्ष भएकै हो ।

मिडियाहरू, खोजखबरहर नरहेको नेपालको ऐतिहासिक परिवेशमा जितिएका राज्यका जनताहरूमाथि गरिएका त्यस समयका क्रियाकलापहरू अहिलेको यस्तो सूचनाले खुल्ला रहेको संसारमा पनि भइरहेको युद्धका अनेकन अमानुषिक खबरहरूसँग दाँजे हुन्छ, खबरहरू मात्र रहेका हुन्छन् ती । अब अतीतका त्यही दमनहरू या अन्यायहरूलाई, धेरैपछाडि परिसकेको तर बिस्तारै अगाडि बढ्न सक्ने समयसाथ नयाँ नेपालको जन्म हुन गइरहेको बेलामा, हतियार बनाई, दङ्गाको विषय बनाई, नेपालीहरूबीच वैमनस्यता बढाउनु निश्चय नै रुचिकर तथा हितकर होइन । ती अतीतका गल्तीहरूलाई आधार बनाएर नयाँ नेपालको निर्माणमा योगदान सिर्जनशील भएर दिलाउन सक्नुपर्ने हुन्छ ।

हामी जन्मेको त्यस मुलुकमा हाम्रो पनि अधिकार छ, हामी सोच्दै छौँ । लोकतान्त्रिक सरकार सक्रिय रहेको बेला विचारहरूको कदर पक्कै गरिनुपर्छ । अलिकति जान्नेसुन्ने भएर नेता कहलाइएकाहरूले गर्ने सबै निर्णयहरूले सम्पूर्ण नेपालीको पूर्ण प्रतिनिधित्व गर्न नसकेको ताजा अनुभव छ । एकातिर शाही, दमनकर्ताहरूलाई भटाभट खोज्दै कानुनी कारबाही गरिँदैछ भने ती माओवादी, दमनकर्ताहरूलाई भने किन कारबाही गरिएका छैनन्? यदि यस्तै हुन्छ भने, यहाँ केही व्यक्तिहरू गुट बटुल्दै कानुनसँग खेल्न थाल्नेछन् लगातार र पछि वार्ताबाट दूधले नुहाएर चोखिने छन्, जसरी काङ्ग्रेसहरू चोखिए, जसरी एमालेहरू चोखिए, जसरी माओवादीहरू चोखिएका छन्, जसरी ज्वाला सिंह, गोइतहरू चोखिएलान् । यही दङ्गा वा क्रान्तिको नाममा मारिने र्सवसाधारणहरू सिर्फ गोटी भएका छन् ।

बिहान-बेलुकाको छाक धान्नेसम्मको कामको खोजीमा लागेका साधारण गरिब पुलिसहरू, र नेताको चहकिलो भाषणलाई शिरोपर गर्दै आफ्नो भविष्य सुनौलो देख्ने कार्यकर्ताहरू बेकारका गोटी भएका छन् । सहिदका झालेमाले ट्याग भिराइने ती गोटीहरू, बाघचालका जस्तै गोटीहरू बनेका हुन्छन्, तर तिनीहरूका परिवारका मनहरूभित्रको कहिल्यै नमेटिने, कहिल्यै निको नहुने घाउको पीरबारे, पीडाबारे कसैले मतलब राख्दैनन् ।

'...भगौडाहरूको उग्रपन हो, खासै होइन...' भन्ने माओवादीहरू आफ्नो प्रकारकै पुनर्रुत्थान तराईका जिल्लाहरूमा भएको स्वीकार्दैनन् । तर पनि अर्को किसिमको 'सूत्रधार' बनिसकेको तराईलाई आन्दोलनकारीहरूकै चाहनाअनुसार त्यसरी स्वतन्त्र बनाए, नेपाल लथालिङ्ग नहोला भन्नु कोरा कल्पना मात्रै हुनेछ, किनकि सिको टिप्नेहरू, अस्तित्वलाई बेग्लै भोग्न लालायित रहनेहरू आँखा गाडेर परिस्थितिलाई अवलोकन गर्दैछन् । यता सरकार मुठी खोल्छ, उता लुछ्नेहरू सम्मुख आउँछन् ।

राणाहरूलाई विशाल नेपाल टुक्र्याएका भनेर अझै गाली गरिन्छ, यस आठ दललाई आगामी पुस्ताहरूले गाली नगर्लान्, सोच्न अप्ठ्यारो लाग्ने स्पष्ट अर्को पाटा सामुन्ने देखिएको छ । अब अस्थीरता ल्याएर वा साम्प्रदायिकताको राजनीति र्सवसाधारण मन बोक्नेहरूमा लादेर हजारौँ हजारौँ नेपालीलाई विभिन्न देशमा ढोके, कुल्ली तथा वेश्या बन्न धकेल्नेहरूलाई ती आत्माहरूले, ती व्यक्तिगत वैरागहरूले र ती अवमूल्यन भएका आत्मस्वाभिमानीहरूले कति सरापेका होलान्, के थाहा? अहिले, भारतीय छिमेकीहरूको घुसपैठ तथा देशमा विग्रह फैल्याई आफ्नोअनुरूप पार्न समय पार्न लागिपरेकाहरूका जमात अनि अन्योल र लहलहैमा परेका सीधासादाहरूको संयुक्त प्रयास स्वरूपको त्यस दङ्गाहरूसँग सरकारले हात उठाउन थाले या निहुरिन थाले आगामी दिनमा उठ्नै नसकिने अवस्था नआउला, सोच्न सकिँदैन ।

जताततैबाट 'समस्याको समाधान भनेको वार्तालाप हो' भन्ने निक्र्योल निकाल्ने भनाइहरू प्रकाशमा आएका हुन्छन् । भन्न सजिलो वा त्यसरी सुझाउन सजिलो मात्र! आखिर कस्तो वार्ता? कसरी हुन्छ समस्याको समाधान वार्ताबाट? के अब '...त्यहाँबाट त्यहाँसम्म तिमीहरूले खाने' अनि 'यताबाट हामी खाने' भनेर भागवण्डा लगाउने?

Poor people from Mugu Karnali Nepal

मुगु, कर्णाली जनसङ्ख्याको गन्तीले धेरै गरिब छ, वर्षौँदेखि घस्रिरहेको त्यस भेगमा जाँदा पनि विदेशीभूमि भएर जानुपर्छ । अब जनसङ्ख्याको आधारमा निर्वाचन हुने भए ती मुगु, कर्णालीबासी अब कति टाढा अनि कति पछाडि हुने हुन्? ...लख नकाटे हुन्छ । जनसङ्ख्याको गणना तराई जिल्लाहरूमा अति नै वैज्ञानिक पद्धतिबाट हुनु जरुरी छ । अब यही बग्दोधारमा कति भारतीयहरू नेपाली बन्नलाई नुहाउँछन्, साध्य हुँदैन । त्यसैले, नेपाललाई तराईविहीन बनाउने वा तराईलाई नेपाली वा पहाडेविहीन बनाउने प्रमुख एजेण्डा रहेको विध्वंसात्मक गतिविधिको हल कस्तो वार्ताबाट हुन्छ? ...बुझ्न गाह्रो भएको छ ।

पहाडेहरू भनेर बारम्बार क्षेत्रीबाहुनहरूलाई लक्षित गरिएको छ खासगरी तराईका जिल्लाहरूमा अनि, अन्यबाट शासकहरू भनेर चारैतिरका सबै जनजातिहरूबाट । देशमा प्रजातन्त्र आउनासाथ, बहुसङ्ख्यक आर्यहरू नै सबैको तीरको निशाना भएको छ । भोट तथा र्समर्थन बटुल्न आर्य नेताहरूले चालेको स्लोगन अहिले ब्याक फायर भएको छ, वुम्र्‍याङ्ग भएर आफैँतिर सोझिएको छ ।

धर्मको नाममा, शिक्षाको नाममा, क्षेत्रको नाममा, राष्ट्रियताको नाममा, अनि हुँदा-हुँदा, आकृतिकै नाममा पनि प्रहार गरिइँदै छ । के अब देशको ५२ प्रतिशत ओगट्ने यो समूहले एक भई हतियार समाउनुपर्ने बेला भएको हो त आफ्नो रक्षाका लागि? आफ्नो सुरक्षाका लागि? आफ्नो इज्जतसाथ निर्धक्क बाँच्न पाउने अधिकारका लागि? यस्तो स्थिति कायम रहे, त्यो दिन नआउला भन्नुपर्दैन, र त्यसो हो भने सानो आकारकाहरूले बसाइँको व्यवस्था गर्न थाले हुन्छ । देशमा जब यस्तै प्रकारका बाहुबलको जमाना रहन्छ भने समस्त आर्यहरू एक हुनुपर्ने दिन आएको छ ।

प्रजातन्त्रको मतलब गाभिएको सरकार, जसलाई सानो आवाज मच्चाएर पनि हल्लाउन सकिने खालको हुनुहुँदैन । राष्ट्रिय हितका लागि र बहुपक्षका लागि अनि समस्त राष्ट्रिय अखण्डताका लागि प्रजातन्त्रमा दमन गर्ने प्रवृत्ति पनि राखिनुपर्दछ, नत्र प्रजातन्त्रको सरकार भनेको नाङ्गो नाच देखाउने कैबरे डान्सरझैँ हुन्छ -जसका लागि पनि कोण मिलाएर नाचिदिने, मानिदिने अनि देखाइदिने...। बस्!

- प्रकाश के.सी.

*

Post a Comment (0)
Previous Post Next Post